ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले २०७९ भाद्र २ गते यस संस्थाको २७ औं स्थापना दिवसका अवसरमा एक छलफल कार्यक्रम सम्पन्न गरेको छ । छलफलको बिषय भ्रष्टाचार निवारणसम्बन्धी विचाराधीन विधेयक रहेको थियो । कार्यक्रममा बरिष्ठ अधिवक्ता प्रा.डा.सूर्य ढुंगेलले बिषय केन्द्रीत कार्यपत्र प्रस्तुत गर्नुका साथै भ्रष्टाचार सम्बन्धी राष्ट्रिय अन्तराष्ट्रिय बिषयहरु प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमा टिप्पणीकर्ता बरिष्ठ अधिवक्ता श्री प्रकाश वस्ती तथा बरिष्ठ अधिवक्ता श्री राधेश्याम अधिकारीले कार्यपत्रमा टिप्पणीका साथै विशेष मन्तब्य राख्नुभएको थियो । टिप्पणी र छलफलको क्रममा देशमा असक्षमता, अनियमितताले असासन निम्त्याएको, राजनैतिक ईच्छाशक्ति बलियो नभएको, भ्रष्टाचारजन्य गतिविधीलाई संरक्षण दिने प्रवृत्ति डरलाग्दो भएको विषयमा चिन्ता ब्यक्त गरिएको थियो । भ्रष्टाचार रोक्न प्रधानमन्त्रीमा इच्छाशक्ति हुनुपर्ने र देश पद्धतिमा चलाउनुपर्नेवारे छलफल भएको थियो । कार्यक्रमको अध्यक्षता टीआई नेपालको अध्यक्ष श्री पद्मिनी प्रधानांगले गर्नुभएको थियो । स्वागत मन्तब्य महासचिव श्री मुकुन्द बहादुर प्रधान, छलफलको सहजीकरण उपाध्यक्ष श्री बुद्धिनारायण श्रेष्ठ र धन्यवाद ज्ञापन कोषाध्यक्ष श्री किरण थापाज्यूले गर्नुभएको थियो । कार्यक्रममा सरकारी, गैरसरकारी कार्यालय, संचार र टीआई नेपालका सदस्यहरु करिव ७० जनाको सहभागिता रहेको थियो ।
Transparency International Nepal
House No.: 57/62
Chhakkubakku Marga, New Baneshwor,
Kathmandu, Nepal.
P.O. Box: 11486.